गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह

  बुधबार ०५, बैशाख २०८१ १३:२४

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् । 

विष्णु  एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । 

chauhan weds (2)

 

clock बुधबार ०५, बैशाख २०८१ १३:२४

प्रतिक्रिया