अनेरास्ववियु कैलालीको अधिवेशन बैशाख २८ गतेदेखि हुने

  शुक्रबार ३०, चैत २०८० ०८:४६

धनगढी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ। 

अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो।

बिहीबार बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। 

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह(संयोजक नितिश जोशीले बताए।

clock शुक्रबार ३०, चैत २०८० ०८:४६

प्रतिक्रिया