अनेरास्ववियु केएमसीले आयोजना गरेको गजल प्रतियोगितामा अबि प्यारे विजयी

  बुधबार २१, चैत २०८० २१:२०

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको गजल प्रतियोगितामा अबि प्यारे विजयी भएको छन् ।

प्रतियोगितामा सन्तोष उपाध्याय द्धितिय र हर्क जोशी तृतीय भएका छन् भने कमला तिमिल्सिना र दल सिंहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका क्रमशः प्रथमले पन्ध्र सय, द्धितियले एक हजार र तृतीयले पाँच सय सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।  

प्रतियोगितामा विभिन्न संकायका ३५ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक धिरेन्द्र बोहराले बताए । कार्यक्रमको निर्णायक गजलकार कोपिला शर्मा ‘कल्प’ र समीर ओझा रहेका थिए। 

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष पूर्णराज जैशीको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा तोयराज भट्टको प्रमुख अतिथि रहेका थिए भने केएमसीका स्ववियु अध्यक्ष यमराज जोशीको विशिष्ट अतिथि रहेका थिए । 

clock बुधबार २१, चैत २०८० २१:२०

प्रतिक्रिया