उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ

  सोमबार ०६, चैत २०७९ ११:४५

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

सोमबार बिहान राष्ट्रपति कार्यालयशितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यहि चैत ३ गते सम्पन्न भएको उपराष्ट्रपतिको निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहण लगत्तै यादवले उपराष्ट्रपति भवनमा गएर पदभार ग्रहण पनि गर्नुभएको छ ।

clock सोमबार ०६, चैत २०७९ ११:४५

प्रतिक्रिया