धनगढीको हसनपुरमा सुदृष्टी क्लिनिक सञ्चालन

  सोमबार २८, फागुन २०८० १२:०८

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित हसनपुरमा सुदृष्टी क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

आँखाको उपचार गर्न तथा आँखाका लागि आवश्यक उपकरणसहित क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

क्लिनिकको नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य तथा बालरोग विशेषज्ञ चिकित्सक डाक्टर प्रदिप मिश्रले रिवन काटेर समुदघाटन गरे ।

सञ्चालक सावित्री भट्टले झण्डै २५ लाख बराबर क्लिनिकमा लगानी गरिएको बताइन् । 

उनका अनुसार आँखासम्बन्धि सम्पूर्ण उपचारहरु क्लिनिकमा गरिने छ । 

clock सोमबार २८, फागुन २०८० १२:०८

प्रतिक्रिया