राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता

  सोमबार २८, फागुन २०८० ०७:५२

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । 

संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।

अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । 

त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

clock सोमबार २८, फागुन २०८० ०७:५२

प्रतिक्रिया