सरकारलाई निरन्तरता दिन सबै दल सगं सवांदमा छौँ : मुख्यमन्त्री शाह

  मङ्गलबार २२, फागुन २०८० १७:००

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आफ्नो सत्ता टिकाउन अन्तिम कसरतमा छन् । शाहले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसहितको गठबन्धन कायम राखन अन्तिम समयसम्म प्रयास गर्ने दाबी गरेका छन् । यति मात्र होइन फेरिएको समीकरणपछि निर्णायक भूमिकामा रहेको नाउपाले मुख्यमन्त्रीमा दाबी गरेपनि गठबन्धन जोगाउन कांग्रेस खुला रहेको उनी बताउँछन् ।

‘राष्ट्रिय राजनीतिका कारण यो प्रभाव परेपनि माओवादी केन्द्रसँग पनि हामी संवादमै छौँ । साविकको गठबन्धनका सबै दल संवादमै छन् । पद मात्र ठूलो कुरा होइन,’ शाहले भने, ‘गठबन्धनलाई जोगाएर अन्तिमसम्म लैजानुपर्छ भन्ने चाहाना छ । सबै दललाई मिलाएर अघि बढ्न जस्तोसुकै सहमती गर्न कांग्रेस तयार छ । सबै कुरामा हामी खुला छौँ ।’ मुख्यमन्त्री त्याग्नुहुन्छ ? भन्ने्े जिज्ञाशामा शाहले भने– ‘सबै कुरामा खुला छौँ ।’

प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सबै दललाई मिलाएर लैजाने दायित्व भएकाले अन्तिम समयसम्म प्रयास गर्ने शाहको भनाई छ । राजनीति सम्भावनाको खेल भएकाले माओवादीका मन्त्रीको जिम्मेवारी खोसिएकै कारण सबै ढोका बन्द भएको रुपमा बुझ्न नहुने शाहले बताए ।

शाहले निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी र नेकपा ९एकीकृत समाजवादी० पार्टीको समर्थन कायमै राखेर आफू नेतृत्वको सरकार जोगाउन सक्रियता देखाएका छन् । तर दुवै दलले प्रदेश सरकारका सम्बन्धमा कुनै ठोस निर्णय गरिसकेका छैनन । नाउपाका अध्यक्ष रेशम चौधरीले भने नयाँ बनेको गठबन्धनप्रती सकारात्मक बताइसकेका छन् । फेरिएको परस्थितीबारे निर्णय लिन उनले प्रदेशसभा सदस्यहरुलाई काठमाडौँ बोलाएका छन् ।

clock मङ्गलबार २२, फागुन २०८० १७:००

प्रतिक्रिया