रास्वपाको दाबी : गृहसहित चारवटा मन्त्रालय पाउनुपर्छ

  मङ्गलबार २२, फागुन २०८० ०९:२६

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा थप दललाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । 

गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारवटा मन्त्रालय दाबी गरेको छ । रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबार नै बिनाविभागीय मन्त्री बनिसकेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाने अडानमा छन् । ‘शीर्ष नेताहरूबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैं जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’

ती सांसदका अनुसार रास्वपाले चारवटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन । गृहमा हाम्रो बलियो दाबी हो । बाँकी जुन मन्त्रालय भए पनि हुन्छ । तर, चारवटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भने । 

clock मङ्गलबार २२, फागुन २०८० ०९:२६

प्रतिक्रिया