रास्वपाको बैठक सकियो, निर्णय गर्ने अधिकार रविलाई

  सोमबार २१, फागुन २०८० ०९:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सकिएको छ । 

समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले बैठकलाई जानकारी गराएका थिए । 

यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको सचिवालयका एक पदाधिकारीले बताए । 

उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनु भयो र त्यसका बारेमा छलफल गरियो । 

बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो ।’

clock सोमबार २१, फागुन २०८० ०९:१४

प्रतिक्रिया