कांग्रेस कैलाली सभापति र उपसभापति बिच बैठकमै माइन्यूट खोसाखोस

  शुक्रबार १८, फागुन २०८० ०९:४१

धनगढी । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ ।

बिहीबार जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसे काँडामा राखिएको थियो । उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई निम्त्याइएको थियो । तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो ।

जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो । बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए । आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए ।

जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो ।

जबसम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने उनले बताए । केहीछिन सभापति भट्ट र उप–सभापति बडूवालबीचच बोलाबोल समेत बन्द भएको थियो ।

श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे ९आगो० र सुरत बहादुर कार्कीलाई कारबाही गरिएपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा अर्को सूचना जारी गरेका थिए । त्यसै दिनदेखि सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बीच खुल्ला रूपमा मतभेद हुन सुरु भएको हो ।

सुरुमा जिल्ला सभापतिले उपसभापतिलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो ।

कैलाली जिल्ला अनुशासन समितिले भदौ २६ गते उप–सभापति भीम बडूवालले जिल्ला कार्यसमितिको पत्र,चलानी नं। र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समितिले कारबाहीको लागि सिफारिस गरेको जिल्ला सचिव केशव मिश्रले जानकारी दिए ।

‘उपसभापतिलाई सभापतिले स्पष्टीकरण सोध्नु भएको थियो उहाँले जिल्लालाई स्पष्टीकरण नदिएर प्रदेशलाई जानकारी दिनु भएको रहेछ’ सचिव मिश्रले भने, ‘उहाँ ९उपसभापति० लाई कारबाही भएको छैन भन्ने कुरा प्रदेशले लेखेर दिएपछि मात्रै जिल्लाको माइन्यूटमा लेखिन्छ भनेर सभापतिले भन्नु भएको हो ।’

यता उपसभापति बडूवालले यस अघि नै प्रदेश सभापति, उपसभापति जिल्ला सभापति आफू र अनुशासन आयोगका २ जना बसेर छलफल भएको विषयलाई पनि जिल्ला सभापतिले कार्यान्वयन नगरेको बताए ।

‘मेरो कारबाहीको कुनै तुक नै छैन । फेरि प्रदेशमा बसेर छलफल भइसकेको विषयलाई जिल्ला सभापतिले दम्भ देखाउनु भयो ’ उनले भने ‘मेरो माग पुरा नहुँदा सम्म जिल्ला समितिको बैठक अगाडी बढाउन दिन्न । ’

यसअघिको जिल्ला समितिको बैठकमा पनि उपसभापति बडूवालको नाम माइन्यूटमा राखिएको थिएन । त्यस पटक आफूले विरोध नगरेको र दोस्रो पटक पनि त्यस्तै गरेपछि विरोध गरेको उपसभापति बडूवालले बताए ।

केन्द्रीय अनुसार आयोगले कारबाही नगरे सम्म कसैको पनि कारबाही नहुने भन्दै उनले आफू माथि सभापतिले प्रतिसोध साधेको बताए । सभापति भट्ट भने अनुशासन समितिले कारबाही सिफारिस गरेको व्यक्तिलाई जिल्ला समितिको बैठकमा उपस्थित नगराइने बताए ।

‘उहाँलाई मैले स्पष्टीकरण सोधे । जवाफ नआएपछि अनुसार समितिले कारबाही गरेको हो । त्यो कारबाही प्रदेशमा छ । मैले सफाइ कसरी दिन्छु ’ उनले भने, ‘कारबाही सिफारिस गरेको व्यक्तिलाई बैठकका राख्ने कुरा पनि त भएन नि ।’

आजै ११ बजे कार्यसम्पादन को बैठक राखिएको र त्यसमा पनि उपसभापति बडुवालालई उपस्थित नगराइने उनले बताए । मुख्यमन्त्रीकै अगाडी सभापति र उपसभापति बिच माइन्यूट खोसाखोस भएपछि मुख्यमन्त्री शाहले

पनि सहजीकरण गरेका थिए । एकातर्फ सभापति र उपसभापतिको विवाद अर्को तर्फ कोरम नपुगेपछि बैठक स्थगित भएको थियो ।
८० सदस्यीय जिल्ला कार्यसमितिको बैठकमा बिहीबार ३३ जना मात्रै उपस्थित भएका थिए । गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको सचिव मिश्रले जानकारी दिए ।

clock शुक्रबार १८, फागुन २०८० ०९:४१

प्रतिक्रिया