सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

  बुधबार १६, फागुन २०८० ११:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सभा तेस्रो अधिवेशनको आठौ बैठक आज बस्ने भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको अधिवेशनको बैठक दिउसो २ बजे आह्वान गरिएको हो ।

आज बस्ने बैठकमा प्रदेश सभा नियमावली र निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुने कार्यसूचि रहेको छ भने प्रज्ञा प्रतिष्ठान सम्बन्धि संशोधन गर्न बनेको विधेयकलाई छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूचि रहेको छ ।

clock बुधबार १६, फागुन २०८० ११:३७

प्रतिक्रिया