बजेट कार्यान्वयन फितलो हुँदा विकास भएनः आरजु राणा

  सोमबार १४, फागुन २०८० १५:००

काठमाडौँ । कांग्रेस सांसद डा. आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन् ।

उनले बजेट दिनका लागि सांसदहरु हानाथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् । सरकारले बजेट कसरी खर्च गर्ने रु र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

‘कात्तिकको १५ मा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेन्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्छु । बजेटको लागि हामी सबै सांसदहरु हानाथाप गर्छौं, मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई–तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरु स्पेन्ड भयो भनेर । 

कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगेपनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन । नेपाल सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भनिन् ।

clock सोमबार १४, फागुन २०८० १५:००

प्रतिक्रिया