एमाले कैलालीका अध्यक्ष ढुंगानाद्वारा वादी समुदायकी महिलाको उपचारका लागि आर्थिक सहयोग

  सोमबार १४, फागुन २०८० १४:४५

धनगढी । नेकपा एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुंगानाले वादी समुदायकि महिलाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

मृगौलाको पत्थरीको शल्यक्रिया गर्न सेती प्रादेशिक अस्पताल भर्ना भएकी अछामको मंगलसेन नगरपालिका-५ कि सरिता वादीको उपचारका लागि ढुंगानाले सहयोग गरेका हुन्।

आज ९सोमबार० बिहान प्रादेशिक अस्पताल पुगेर ढुंगानाले वादीका श्रीमान प्रेम वादीलाई सहयोग वापत १५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उनले आर्थिक अभावमा वादीको उपचारमा समस्या भएको थाहा पाएपछि थोरै भएपनि राहत  पुगोस् भनेर सहयोग गरिएको बताए।

clock सोमबार १४, फागुन २०८० १४:४५

प्रतिक्रिया