आरजु देउवाले दिइन् बझाङका भूकम्पपीडितलाई ब्ल्याङ्केट

  सोमबार १४, फागुन २०८० १०:४७


धनगढी । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको सहयोगमा बझाङका भूकम्पपीडितहरूलाई ब्ल्याङ्केट वितरण गरिएको छ। जिल्लाको मष्टा, छविसपाथिभेरा र खप्तड छान्ना गाउपालिकाका भूकम्पपीडितहरूलाई राहतस्वरूप ब्ल्याङ्केट वितरण गरिएको हो।

ग्रामीण विकास तथा महिला एकता केन्द्र ९रुडुक० संस्थाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको सहयोग र नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता विष्णु अयडीको पहलमा ३ वटा पालिकाका २० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो।

तरुण दलका नेता अयडीले भूकम्पपीडितका घरमै गएर ब्ल्याङ्केट प्रदान गरे। भूकम्पका कारण लामो समयदेखि ती पालिकाका स्थानीयहरू अस्थायी टहरा बनाएर घर बाहिरै बसिरहेका छन्।

यसअघि बझाङमा तरुण नेता अयडीले युवा परिचालन गरी जिल्लाभर भूकम्प पीडितका लागि १ सय भन्दा बढी घर टहरासमेत निर्माण गरेका छन्।

clock सोमबार १४, फागुन २०८० १०:४७

प्रतिक्रिया