एमाले डडेल्धुराको ९ औं जिल्ला अधिबेशन परशुराममा हुने

  आइतबार १३, फागुन २०८० १९:३६

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको ९ औं जिल्ला अधिबेशन परशुराम नगरपालिकामा हुने भएको छ । अधिबेशनको उद्घाटन पुर्ब प्रधानमन्त्री एबम एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ ।

डडेल्धुराको भित्रीमद्येशको परशुरामको रङ्ग मैदानमा फागुन ३० गतेका दिन अधिबेशनको उद्घाटन गरिने कार्यक्रम तय भएको एमाले डडेल्धुराले जनाएको छ । अधिबेशनलाई भब्यताका सम्पन्न गर्न बिभिन्न जिम्मेवारी बाँडफाडका साथै अधिबेशनका प्रतिनिधी छनौंटको कार्यबिधी निर्माण गर्न समेत यही फागुन १५ जिल्ला कमिटिको सचिबालय बैंठक बस्ने भएकोे छ । 

अधिबेशनको पुर्ब सन्ध्यामा वडा कमिटि बैठक पालिका बैठक र सदश्यता नबिकरण लगायतका कामहरु भईरहेका छन । ९ औं जिल्ला अधिबेशनले सर्बसम्मत नेतृत्व चयन गर्ने गृहकार्यहरुमा नेताहरु जुटीरहेका छन ।

अधिबेशनले सर्बसम्मत नेतृत्व चयन गर्दे संगठन निर्माणको कामलाई पार्टीले पहिलो प्राथमिकता राखेर अघि बढ्ने कुरामा नेताहरु सहमत छन । देशभर एमाले प्रतिको जनलहर देखिएपनि डडेल्धुरा जिल्लामा भने गुटगत राजनितिका कारण सागठनिक उभार आउन नसकेको नेताहरुले स्विकार गरेका छन ।

गुटबन्दीको अन्त्य र गतिशिल नेतृत्व निर्माण गरेर संगठनलाई चलायमान गर्न सक्ने टिम अधिबेशनबाट आउने छ एमाले नेता बिपिन ओझाले भन्नुभयो— नेतृत्व सर्बसम्मत बनाएर अघि बढ्छौं मिसन ०८४ सफल पार्न लाग्नेछौं ।

अधिबेशनको तयारी तिब्र पारिएको र बिभिन्न जिम्मेवारी बाँडफाड गर्न १५ गते जिल्ला कमिटिको बैठक बोलाएको एमाले डडेल्धुरा संयोजक गजेन्द्र शाहीले जानकारी गराउनु भएको छ । 

पार्टीको बिधी र नितिलाई आत्मसाथ गर्दे अधिबेशनलाई भब्यताका साथ सम्पन्न गर्न हामी केन्द्रीत छौं शाहीले भने— अधिबेशनका प्रतिनिधीको म्याण्डेटलाई सिरोधार्य गरेर अघि बढ्ने प्रण हामी सबैले गरेका छौं ।

clock आइतबार १३, फागुन २०८० १९:३६

प्रतिक्रिया