स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख हटाउन सामाजिक विकास समितिको निर्देशन

  आइतबार १३, फागुन २०८० १८:५९

धनगढी । सामाजिक विकास समितिले  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख  डा. नीरज अर्याललाई हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज बसेको बैठकले फोहर मैला व्यवस्थापन प्लान्ट (अटोक्लेभ) खरिदमा अर्याल विवादमा मुछिएको भन्दै छानबिन नहुँदा सम्म अटाउन निर्देशन दिने निर्णय गरिएको हो । 

उक्त निर्णयमा तीन सांसदले असहमति जनाएका छन् । एमालेका हिरा सार्की, धर्मराज पाठक र निर्मला साउदले नोट अप डिसेन्ट लेखेका हुन् । उक्त विषय छानबिनको लागि काठमाडौँबाट विज्ञ टोली मगाउने पनि समितिले निर्णय गरेको छ ।

९ करोड २० लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममा टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पताल फोहर मैला व्यवस्थापन प्लान्ट स्थापना गर्ने भनिएको छ । जबकि, ती कुनै पनि अस्पतालको प्राथमिक माग फोहर मैला व्यवस्थापन प्लान्ट थिएन ।

उक्त अस्पतालमा फोहर मैला व्यवस्थापन उपकरण छँदै छ । कैलालीको टीकापुर अस्पतालमा फोहोर मैला व्यवस्थापन प्लान्ट सञ्चालनमा छ । आवश्क्तानै नभएको उपकरण खरिद गर्न लागेको भन्दै प्रदेश सभामा पनि यसको विरोध भइरहेको छ । आज यस विषयमा थप छानबिन गर्ने र त्यो बेला सम्म उक्त जिम्मेवारीबाट प्रमुख अर्याललाई हटाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सदस्य ओमविक्रम भाट सरलले जानकारी दिए । 

यस विषयमा सामाजिक विकास समितिमा अघि नै यस उजुरी परेको थियो । मन्त्रालयलाई छानबिन गर्ने पनि भनिएको थियो  । एमाले सांसद तथा समिति सदस्य धर्मराज पाठकका अनुसार मन्त्रालयले दिएको प्रतिवेदनमा कानुन सम्मत भएको उल्लेख गरिएको छ ।

समितिको प्रतिवेदन सही वा गलत भन्ने विषयमा निर्णय गरेको छैन।  कारबाहीको दायरमा मन्त्री र सचिवलाई पनि ल्याउनु पर्छ पाठकले भने छानबिन समितिको प्रतिवेदन ठिक छ भन्ने सचिव र मन्त्री माथि पनि त छानबिन हुनु पर्‍यो भन्ने हाम्रो कुरा हो । त्यसैले निर्णयमा असहमति जायर गरेका हौँ ।

clock आइतबार १३, फागुन २०८० १८:५९

प्रतिक्रिया