एमाले कैलाली निर्वाचनमा ५८० जनाले गरे मतदान, आजै मतगणना हुने

  शुक्रबार ११, फागुन २०८० २०:२०

धनगढी । नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको चुनावमा ५८० जनाले मतदान गरेका छन् । आज बिहान ८ः३० बजे देखी सुरु भएको मतदान भर्खरै सकिएको हो । अहिले सम्म ५८० जनाले गरे मतदान गरेका छन् ।

यहाँ ५९१ जना प्रतिनिधि रहेका छन् । आजै रातिबाट मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । उनले सुरुमा पदाधिकारीको मतगणना सक्ने र त्यसपछि सदस्यहरूको मत गणना गर्ने बताए ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । उपाध्यक्षमा  गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन । 

उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का र भुवन रिजालको उमेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , गंगा कुमारी चोधरी अम्बिका विष्ट मल्ल र शान्ति देवी सिंह रहेका छन् ।

clock शुक्रबार ११, फागुन २०८० २०:२०

प्रतिक्रिया