एमाले कैलालीकाे नेतृत्व चयन गर्न छैटौं दिन मतदान सुरू

  शुक्रबार ११, फागुन २०८० ०९:५३

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ ।

सुखडमा रहेकाे घाेडाघाेडी बहुमुखी क्याम्पसकाे सभाहलमा केहीबेर अघि मतदान सुरू भएकाे हाे ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । याे निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

मतदान दिउँसो १ बजेसम्म चल्नेछ । एमालेकाे नेतृत्वका लागि कार्यवाह अध्यक्ष दुर्गाप्रसाद जाेशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घाेडाघाेडीकाे सुखडमा नवाैँ अधिवेशनकाे उद्घाटन गरेका थिए ।

ओलीले नेतृत्वमा सहमति नजुटे भाेलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार मात्र प्रक्रिया थालेकाे निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएकाे थियाे ।

clock शुक्रबार ११, फागुन २०८० ०९:५३

प्रतिक्रिया