एमाले कैलालीकाे निर्वाचन अनिश्चितकालका लागि स्थगित

  बिहिबार १०, फागुन २०८० १८:१४

धनगढी । नेकपा एमाले कैलालीकाे अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

तेस्राे दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मानबहादुर जाेराले अर्काे सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानकाे तालिका सार्वजनिक गरिएकाे थियोे तर अन्तिम समयमा आएर स्थगित  गरिएको थियाे ।

बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान  हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् ।

तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएकाे बताउँदै आइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनकाे उद्घाटन गरेका थिए । उनले सहमति नभए भाेलिपल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिएकाे भएपनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन नसकेको हाे ।

एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानकाे प्रक्रिया प्रभावित भइरहेकाे जिल्लाका नेताहरू बताउँछन् ।

कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जाेशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

clock बिहिबार १०, फागुन २०८० १८:१४

प्रतिक्रिया