कैलालीमा एमाले नेतृत्व चयन गर्न निर्वाचन पक्रिया सुरू

  मङ्गलबार ०८, फागुन २०८० १६:१६

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरू भएकाे छ ।

जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन,दाबी विराेध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरू गरेकाे छ ।

आज साँझ ५ बजे मतदाताकाे अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणकाे प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।

७  बजे उम्मेदवारकाे नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विराेधकाे काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ ।

भाेलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानकाे कार्यतालिका तय गरिएको छ ।
एमाले कैलालीमा सहमतिमै नेतृत्व चयन गर्ने नेताहरूकाे प्रयासले सार्थकता नपाएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हाे तर याे बीचमा समेत सहमतिकाे प्रयास जारी राख्ने नेताहरू बताउँछन् ।

अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जाेशीले प्यानलसहित उम्मेदवारी घाेषणा गरिसकेका छन् । अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुंगानाले भने उम्मेदवारी घाेषणा गरेका छैनन् ।

clock मङ्गलबार ०८, फागुन २०८० १६:१६

प्रतिक्रिया