एमाले कैलाली अध्यक्षमा जोशीले उम्मेदवारी घोषणा

  मङ्गलबार ०८, फागुन २०८० १३:२०

धनगढी । नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले नवौँ जिल्ला अधिवेशनको लागि अध्यक्षमा  उम्मेदवारी घोषणा गरेका छन् ।

जोशी आठौँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन अध्यक्ष रतन थापालाई कारबाही गरेपछि जोशी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका थिए । 

जोशी सहित जिल्ला अध्यक्षको लागि यज्ञराज ढुङ्गाना र डेजी पाण्डेले पनि दाबी गरिरहेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

clock मङ्गलबार ०८, फागुन २०८० १३:२०

प्रतिक्रिया