कांग्रेसका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरे महासमिति बैठक

  मङ्गलबार ०८, फागुन २०८० ०९:११

काठमाडौं । नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहररुले महासमितिको बैठक बहिष्कार गरेका छन् ।

ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।

आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी ६ संघसंस्थाहरूले बैठक बहिष्कार गरेको बताएका छन् ।

पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ भुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् ।

संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएको थियो । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्द सत्र सुरु हुँदैछ ।

clock मङ्गलबार ०८, फागुन २०८० ०९:११

प्रतिक्रिया