धनगढीको दृष्टि फाउण्डेसनलाई महिला संघकी अध्यक्ष भट्टद्धारा सहयोग

  सोमबार ०७, फागुन २०८० २०:१६

धनगढी । नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन्। 

उनले आफ्ना नाति नित्यान्त भट्टको व्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन्। 

फाउण्डेसनमा रहेका वेसहारा महिलाहरूलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन । 

आज मात्रै उनका नाति नित्यान्तको व्रतबन्ध गरिएको हो। दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरूलाई भट्टले खाना खुवाएकी छिन्। 

उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताइन् । 

भट्ट लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहदै आएकी छिन्। उनले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएकी छिन्।

clock सोमबार ०७, फागुन २०८० २०:१६

प्रतिक्रिया