समाजवादी मोर्चाको बैठक आज , यस्ता छन् छलफलका एजेण्डा

  आइतबार ०६, फागुन २०८० ०७:०८

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । 

बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ । यस्तै  बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ । 

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । 

clock आइतबार ०६, फागुन २०८० ०७:०८

प्रतिक्रिया