पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन

  बिहिबार ०३, फागुन २०८० २०:३९

धनगढी । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ। वरिष्ठ साहित्यकारसमेत रहेको चन्दको धनगढीमा बिहिवार नागरिक अभिनन्दन गरिएको हो।

धनगढीका समाजसेवी मायाप्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन गरेको छ। उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हुदै उत्तरबेहडीमा रहेको सौराई ब्यांकेटसम्म विभिन्न झाकी र बाजागाजासहित नगरपरिक्रमा पनि गराईएको थियो।

नागरिक अभिनन्दन समारोह समितिका संयोजक माया प्रकाश भट्टकै अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहमा सुदूरपश्चिमका विभिन्न ४० भन्दा पनि बढी संघसंस्थाहरूले अभिनन्दन पत्र र दोसल्लाले वरिष्ठ साहित्यकार चन्दको अभिनन्दन गरे।

सुदूरपश्चिममै जन्मेर नेपालको साहित्य क्षेत्रमा अतुलनीय योगदान पुगाएकाले चन्दको अभिनन्दन गरिएको हो। चन्द बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ कुर्कुट्या भन्ने स्थानमा जन्मेका हुन।

विहीबार उनलाई ८४ वर्ष पनि पुगेका छन। ८५ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो। उनका थुप्रै कृतिहरू मध्ये विसर्जन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो।

नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विसर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौँ खेलाडी, लेमिङहरू, रात्री भोज र नेता साथी जस्ता दर्जनौँ कृतिहरू प्रकाशित छन। चन्द नेपालमा चार पटक प्रधानमन्त्री भए।

clock बिहिबार ०३, फागुन २०८० २०:३९

प्रतिक्रिया