कैलाली एमाले अधिवेशन : अध्यक्षमा ३, उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवमा ३० जनाको दाबी

  बिहिबार ०३, फागुन २०८० २०:३७

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनाले दाबी पेश गरेका छन् । फागुन ६ र ७ गते हुन लागेको पार्टीको नवौं महाधिवेशनका लागि आज माग गरिएको इच्छापत्रमा अध्यक्षमा तीन जनाले दाबी पेश गरेका हुन् ।

अध्यक्षसहित उपाध्यक्षमा आठ जना, सचिवमा १२ जना र दुई पदको उपसचिवमा ३० जनाले दाबी पेश गरेको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीको अध्यक्षका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी पेश गरेका छन् भने उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा छन् ।

सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना, चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णु बहादुर चौधरी, बक्त बहादुर शाही र भीष्मराज सुवेदी रहेका छन् ।

त्यस्तै उपसचिवमा धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेश बहादुर साउद, मोहन विक,  धुर्व्र बहादुर भण्डारी छन् । 

त्यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, धु्रर्व खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल गोविन्द कोइराला, रत्ना कुवर गणेश बुढा  र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

नवौँ  अधिवेशन कैलालीको सुखडमा हुने छ भने समुदघाटन कार्यक्रममा प्रमुख अतिति एमाले अध्यक्ष केपी शर्मा ओलीले रहने छन् । 

महाधिवेशनलाई समयमै सम्पन्न गराउन पदाधिकारीका लागि आज इच्छापत्र माग गरिएको थियो । एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिमै नेतृत्व चयन गर्ने प्रयासका भइरहेको बताए । ‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहने भएकाहरूले आज पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छा पत्र पेस गर्ने समय दिइएको हो,’ ठगुन्नाले भने, ‘भोलि र पर्सि आँकाक्षीहरूबिच सहमतिको प्रयास गरिने छ ।’

clock बिहिबार ०३, फागुन २०८० २०:३७

प्रतिक्रिया