ऐन महरले दिए एमालेको केन्द्रीय सदस्यबाट राजीनामा

  बिहिबार ०३, फागुन २०८० २०:२७

काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । 

उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो ।

उनीसहित सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ । 

गएको मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

clock बिहिबार ०३, फागुन २०८० २०:२७

प्रतिक्रिया