श्रीमतीलाई खुशी पार्न सरकारी स्कुटी घर लगे घोडाघोडीका नगर प्रमुखले

  बुधबार ०२, फागुन २०८० ०६:५३

घोडाघोडी । कैलालीको घोडघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले श्रीमतीलाइ खुशी पर्ना नगरपालिकाको स्कुटी घरमा लगेका छन् । सुपप्र ०१–००१ ब २०५९ नम्बरको स्कुटर श्रीमतीलाई दैनिक कामकाजमा प्रयोग गर्ने गरी नगरप्रमुख रावतले घर लगेका हुन ।

मंगलबार बिहान छोरालाइ विद्यालय पुगाइरहेको अवस्थामा भेटिएकी नगरप्रमुखकी श्रीमती यमुना रावतले आफ्नो सजिलोको लागि नगरप्रमुखले स्कुटी घरमा ल्याइदिएको बताइन् ।

यसअघि आइतबार पनि छोराको उपचारका लागि सो स्कुटी चलाएर रावत घोडाघोडी नगरपालिका–१, मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन् । नगरप्रमुख रावतकी श्रीमती बीमा अभिकर्ता समेत भएका कारण बीमा पोलिसी खोज्न समेत सोही स्कुटर प्रयोग गर्ने गरेको जनगुनासो छ ।

नगरपालिकामा कार्यरत महिला कर्मचारीलाई कामकाजमा सजिलो होस् भन्ने उद्देश्यले २०७८ चैत्र १७ गते नगरपालिकाले सो स्कुटर खरिद गरेको थियो । तर, केहि महिना देखि नगरपालिकामा स्कुटर देखिन छोडेपछि, महिला कर्मचारीलाई कामकाजमा निकै समस्या भैइरहेको थियो ।

स्कुटर नहुदा नगरको स्वास्थ्य शाखा मार्फत दैनिक जसो वडामा गएर गर्नु पर्ने अल्ट्रासाउन्ड जस्ता कार्यहरु समेतमा कठिन भैइरहेको नगरपालिकाकी एक कर्मचारीले गुनासो गरेकी छन् । हाल नगरप्रमुख रावतले नगरपालिकाको से १ झ ३३५ नम्बरको स्कोरपीयो गाडी प्रयोग गरिरहेका छन् ।

स्कुटरको दुरुपयोग भएको विषयमा नगरप्रमुख रावतले भने आफ्नो सजिलोको लागि स्कुटर घरमा लगेको बताएछन् । नगरप्रमुख रावतले यस भन्दा पहिले घरनजिक सजिलोका लाथि भन्दै मोटरसाईकल लगेका थिए । तर, श्रीमतीले स्कुटर रहर गरेपछि नगरप्रमुखले मोटरसाईकल फिर्ता गरेर केहि महिना पहिले स्कुटर घर लगेको स्थानीयको दावी छ ।

clock बुधबार ०२, फागुन २०८० ०६:५३

प्रतिक्रिया