कञ्चनपुरका पत्रकार भट्ट र कुँवरलाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

  आइतबार २८, माघ २०८० २०:५५

कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराधको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो ।

प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।

clock आइतबार २८, माघ २०८० २०:५५

प्रतिक्रिया