राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

  शनिबार २७, माघ २०८० १७:५८

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदक सहित प्रथम भएको हो ।

धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घाेडाघाेडी नगरपालिका दाेस्राे र गाेदावरी नगरपालिका तेस्राे भएकाे छ ।

घाेडाघाेडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गाेदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएकाे हाे । 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

उनिहरुलाइ कार्यक्रमका प्रमुख अथिती घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार बितरण गरेका हुन ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गाैरीगंगा नगरपालिकाले १७, बर्दगाेरीया गाउँपालिकाले २, जाेशिपुर गाउँपालिकाले ६, माेहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ ।

गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो ।

clock शनिबार २७, माघ २०८० १७:५८

प्रतिक्रिया