नेविसंघ भन्दा १ मत बढि पाएर कैलालीको मोहन्यालमा अखिल क्रान्तिकारीका खत्री विजयी
धनगढी । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन् । उनले २५ मत पाए ।
नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीको २४ मत पाएका थिए । भण्डारी भन्दा १ मत बढि पाएर खत्री विजयी भएका हुन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिल कुमार चौधरीले १४ मत पाएका थिए ।
सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी हुन् ।
प्रतिक्रिया