पूर्वमन्त्री एवम् कांग्रेस नेता केशव कुमार बुढाथोकीको निधन

  मङ्गलबार २३, माघ २०८० ०८:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको बताइएको छ। 

बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए। 

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।

बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन्। बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै देउवाले उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यस्तै, सभामुख देवराज घिमिरेले पनि बुढाथोकीको निधनप्रति दुस्ख व्यक्त गरेका छन्। बुढाथोकी नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ रहेको उल्लेख गर्दै सभामुख घिमिरले उनको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

clock मङ्गलबार २३, माघ २०८० ०८:२८

प्रतिक्रिया