धनगढीमा झाँक्रीले भनिन् –मन्त्रीका असफलताबारे बाहिर चर्चा गर्नुहुन्न

  सोमबार २२, माघ २०८० १४:४४

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सरकार परिवर्तन हुनु स्वभाविक भएको बताउँदै हल्ला गर्न आवश्वक नरहेको बताएकी छिन्।

सोमबार धनगढीमा पत्रकारसँग अन्तरक्रिया गर्दै उनले अहिलेका प्रधामन्त्रीको कार्यकाल विनाचुनौतीको रहेको उल्लेख गर्दै यस्तो बताएकी हुन्।

उनले हालका मन्त्रीले काम गरेन भनेर बाहिर हल्ला गर्दै हतोत्साहित गर्ने काम भइरहेको बताएकी छिन्।

‘सरकार परिवर्तन हुने कुरा सामान्य रुपमा लिनुपर्छ । यसको मतलब हल्ला गरेर मन्त्रीहरुको बेइज्जत गरेर सरकार परिवर्तन गर्नुहुन्न’ उनले भनिन् ‘मन्त्रीहरुलाई हतोत्साहित हुनेगरि, काम गर्ने जाँगर नलाग्ने गरि बाहिर चर्चा गर्नु राम्रो होइन।

पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले अरबौं लगानस् लगाएर निर्माण गरिएका पूर्वाधारबाट केही फाइदा हुनुपर्ने औल्याउदै विमानस्थल साझेदारीबाट सञ्चालन गर्नुपर्ने बताएकी छिन्।

‘विमानस्थल चलाउने राणनीति साझेदारीबाट चल्नुपर्छ, संसारभरी चलेको मोडालिटी हो’ उनले भनिन्।

clock सोमबार २२, माघ २०८० १४:४४

प्रतिक्रिया