सुदूरपश्चिममा एक प्रदेश सभा सदस्यसहित पाँच पालिकाको पद रिक्त

  सोमबार २२, माघ २०८० १४:३७

धनगढी । सुदूरपश्चिममा एक प्रदेश सभा सदस्यसहित पाँच पालिकाको पद रिक्त छन्।

बझाङ १ (क) को प्रदेश सभा सदस्य, दुहुँ गाउँपालिका–५, सुर्मा गाउँपालिका–४, पूर्वीचौकी गाउँपालिका–६ का वडा अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको पद रिक्त छन्। 

निर्वाचन आयोगले रिक्त रहेका पदका लागि उपनिर्वाचनको तयारी थालेको छ। आयोगले प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरुका लागि निर्वाचन गर्न तयारी थालेको हो।

आयोगले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै रिक्त पदमा पदपुर्तीका लागि आन्तरिक तयारी थालिएको जनाइएको छ। जसका लागि आयोगले मतदाता नामावलिमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा सुदूरपश्चिमका ५ पद रिक्त छन्।

२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो। देशभर स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्।

clock सोमबार २२, माघ २०८० १४:३७

प्रतिक्रिया