स्वार्थकेन्द्रित शासन प्रणालीले देशको विकास हुन्नः नेता भीम रावल

  आइतबार २१, माघ २०८० ०६:१९

कञ्चनपुर । नेकपा एमालेका नेता डाक्टर भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्।

आज (शनिवार) कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे। छिमेकी भारत र चीनमा तीब्र विकास भइरहेका बेला नेपाल आफ्नै कारणले भूराजनीतिमा पछि परेको उनले बताए।

‘दुई देशबीच अत्यन्त संवेदनशील भूराजनीति भएको नेपाल यदि कमजोर भयो भने शासन प्रणाली व्यक्तिगत स्वार्थका लागि केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य, अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ?’ रावलले भने, ‘सरकार कहिले फेर्ने, मन्त्री कहिले को हुने, कहिले प्रधानमन्त्री को हुने भन्ने कुराहरु मात्र हामीले ग¥यौं भने देशको विकास गर्न सक्दैनौं।’

रावलले मुलुकको अर्थतन्त्र सुधार, मिचिएका सीमा फिर्ता, कृषि क्षेत्र विकास र रोजगारी अहिलेको मुख्य आवश्यकता भएको बताए।

clock आइतबार २१, माघ २०८० ०६:१९

प्रतिक्रिया