हिउँ खेल्दा के-के कुरामा ध्यान दिने ?

  शुक्रबार १९, माघ २०८० ०६:२६

धनगढी । पछिल्लो एक-दुई दिनदेखी देशका विभिन्न ठाउँमा हिमपात भएको छ। हिउँ देख्दा पछिल्ला पुस्ताहरू निकै उत्साहित हुने गर्छन् ।

हिउँ खेलेर सामाजिक सञ्जालमा फोटो र भिडियो पोष्ट्याउनेको संख्या पनि ह्वात्तै बढेको छ । हिउँ खेल्नु रमाउनु पर्छ तर, सावधानी नअपनाउदा जोखिम हुनुका साथै मृत्युको समेत सिकार भइने चिकित्सकहरू बताउँछन् । 

हाम्रो शरीरले धेरै चिसो र धेरै तातो धान्न सक्दैन । हिँउमा चिप्लेर लड्ने समस्या एउटा आम समस्या हो । हिउँ परेको ठाउँमा कति बेला चिप्लिन्छ र हिमखाल्डोमा परिन्छ पत्तो नै हुँदैन ।

हिउँ परिरहेको बेलामा धेरै चिसो महसुस हुँदैन र धेरै हिउँ चलाइ रहने हुँदा हिउँले स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । हिउँमा चिप्लिएर मृत्यु भएको खबरहरू पनि हामीले कहिले कँही सुनी रहेको नै हुन्छौँ ।

हिउँ खेल्दा यि कुराहरू ध्यान दिनुहोस् 
-हिउँले हाम्रो छालालाई बिगार्न सक्छ त्यसैले हिउँ खेल्न जानुअघि राम्ररी छालामा सनब्लक क्रिमहरू लगाउन चिकिन्सकहरु सुझाब दिन्छन्  । 

-अत्याधिक चिसोका कारण छाला निलो हुने गर्छन् त्यसो हुँदा तताउन एकै पटक आगो ताप्ने धेरैको बानी हुन्छ त्यसो गर्नु हुँदैन । हात खुट्टा निलो भएको बेलामा हलका मनतातो पानीमा डुबाउनु पर्छ ।   

- छिनछिनमा तातो पानी खाइरहनुपर्छ । 

clock शुक्रबार १९, माघ २०८० ०६:२६

प्रतिक्रिया