घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

  आइतबार ०५, चैत २०७९ १६:३२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई मनोनित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आइतबारबाट लागू हुने गरी उपाध्यक्षमा मनोनित गरिएको बताउनुभयो ।

उहाँले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पुर्याइएको बताउनुभयो ।

उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आइतबारबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो । उपमहासचिव खतिवडाले सरकारमा जाने वा नजाने भन्ने बारेमा टुंगो भइ नसकेको पनि स्पष्ट पार्नुभयो ।

clock आइतबार ०५, चैत २०७९ १६:३२

प्रतिक्रिया