कृष्णपुरको बंकस्थित कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक पक्राउ

  शुक्रबार १२, माघ २०८० २१:०१

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ बंकस्थित कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक देब सिंह धामी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले फार्मेसी जाँचपछि पसलमा नभएका धामीलाई भीमदत्त नगरपालिका १२ ऐरीस्थित चार लेन पुलबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयको टोलीले अवैध रुपमा फार्मेसी सञ्चालन गरिएको गुनासोपछि छापा हानेको थियो । फार्मेसीमा धामी नभएपछि प्रहरीले विभिन्न जोखिमयुक्त औषधि ६ थान बोरा सहित बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले औषधि व्यवस्था विभागको इजाजत पत्र विना फार्मेसी सञ्चालनमा भएकाले छापा हानिएको बताए ।

प्रहरीले पक्राउपछि हिरासतमा राखेका धामीमाथि इजाल कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले बिहीबार शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको झलारी, बाणी, बंक र कलुवापुर औषधि पसलहरुमा छापा हानेको थियो ।

clock शुक्रबार १२, माघ २०८० २१:०१

प्रतिक्रिया