धनगढीमा सिकलसेल परीक्षणको निःशुल्क शिविर सञ्चालन

  आइतबार ०७, माघ २०८० ०७:३७

धनगढी । कैलालीको धनगढीमा सिकलसेल परिक्षणको निःशुल्क शिविर सञ्चालन गरिएको छ। जिल्लाको सेती प्रादेशिक अस्पतालले निः शुल्क सिकलसेल एनिमिया तथा थाइलेसिमिया परीक्षणका लागि शिविर सञ्चालन गरेको हो।

प्रादेशिक अस्पतालले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसिटामा निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ।

विशेष गरी थारू समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए। 

उनले भने, ‘यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित छन। सिकलसेल एनिमिया वंशाणुगत रोग हो।’

 सिकलसेल आमाबुवा दुवैमा छ भने उनीहरुबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुने उनले बताए।

clock आइतबार ०७, माघ २०८० ०७:३७

प्रतिक्रिया