धनगढीको गरिमा पोलिक्लिनिकमा नसा तथा मानसिक मनो रोगको उपचार सुरु

  शुक्रबार ०५, माघ २०८० २१:२०

धनगढी । गरिमा पोलिक्लिनिक प्रालि धनगढीले मानसिक रोगको उपचार सुरु गरेको छ। धनगढी अस्पताल लाइनमा रहेको गरिमा पोलिक्लिनिक प्रालिले उक्त सेवा सुरु गरेको हो। 

धनगढी तथा सुदूरपश्चिममा मानशिक रोगको उपचारमा कठिनाइ भइरहेको अवस्थामा गरिमाले मानसिक मनो रोगको उपचार सुरु गरेको छ। 

नसा तथा मानसिक मनो रोग विशेषज्ञ डाक्टर सुरेश अधिकारीले प्रतेक महिनाको पहिलो सनिबार गरिमा पोलिक्लिनिकमा उपचार तथा परामर्श दिदै आएका छन्।

निद्रामा बोल्नु, एक्लै बरबराउनु, रक्सी, जाँड, चरस, गाँजा, अफिम जस्ता लागु पदार्थको दुर्वेसनीमा पर्नु, अचानक रिसाउनु आदी सबै मानसिक रोगका लक्षणहरु रहेको  यसको कोही सिकार भए गरिमामा आएर परामर्श लिन डा। अधिकारीले आग्रह गरेका छन्।  

यस्तै गरिमामा पछिल्लो दुई महिना यता उपचार गराइरहेको एक बिरामीका अनुसार डाक्टरको व्यवहार तथा उपचार शैली उत्कृष्ट रहेको बताएका छन्। उपचार गराएपछि आफूमा केही सुधार भएको र फेरि चेकअप गर्न आइरहेको बताएका छन्। 

पछिल्लो समय सुदूरपश्चिममा मनो रोगका बिरामी बढीरहेको अवस्थामा विषेशज्ञ डाक्टरको अभावले समस्या हुँदै आएको छ। सुदूरपश्चिममा पछिल्लो समय केही अस्पतालले मात्रै यसको उपचार तथा परामर्श दिदै आइरहेका छन्। यस्तो अवस्थामा गरिमा पोलिक्लीनिकले पनि सेवा सुरु गरेर बिरामीको उपचारमा सहजता ल्याएको छ।

clock शुक्रबार ०५, माघ २०८० २१:२०

प्रतिक्रिया