अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा राई सर्वसम्मत निर्वाचित

  बिहिबार २६, पुष २०८० १०:०१

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

प्रदेश कमिटी अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन् ।

clock बिहिबार २६, पुष २०८० १०:०१

प्रतिक्रिया