सांस्कृतिक संघको सुदूरपश्चिम प्रदेश समन्वय समिति गठन, संयोजकमा रावत चयन

  आइतबार ०५, चैत २०७९ १६:११

धनगढी । नेपाल साँस्कृतिक संघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरु सहितको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भेलाले प्रदेश समन्वय समिति गठन गरेको छ । भेलाले नेपाल साँस्कृतिक संघ केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) को संयोजकत्वमा १५ सदस्यीय प्रदेश समन्वय समिति गठन गरेको छ ।

जस्को सह(संयोजकमा गोबिन्द बिष्ट अछाम , सदस्यमा शंकरदत्त जोशी कञ्चनपुर ,रामचन्द्र बोहरा बाजुरा, सरस्वती खडका भट्ट कैलाली ,प्रेम बिबश चन्द बैतडी ,सरस्वती दहाल कञ्चनपुर ,चन्द्रा साउँद डोटी,जनक कार्की अछाम , सरिता साउँद खडायत डडेल्धुरा ,दलबहादुर बोगटी कैलाली ,बिष्णु भक्त खैर बझाङ , सरस्वती कुवँर दार्चुला ,तर्कराज भट्ट कञ्चनपुर र सदस्य सचिवमा द्रोपती भट्ट मेघा लाई चयन गरेको छ । समन्वय समिति गठन संगै विभिन्न निर्णय सहित आफ्नो बैठक सम्पन्न गरेको छ ।

नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका  संघका केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा बसेको भेलाले चैत्र मसान्तसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सम्पुर्ण स्थानीय पालिकामा सदस्यता बितरण संगै तदर्थ समिति गठन गरिसक्ने , बैशाख मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने लगायतका निर्णय गरेको छ ।

clock आइतबार ०५, चैत २०७९ १६:११

प्रतिक्रिया