शुभकामना बोर्डिङ स्कुलमा डेन्टल शिविर सम्पन्न

  आइतबार २२, पुष २०८० ०६:२४

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित शुभकामना बोर्डिङ स्कुलमा डेन्टल शिविर भएको छ ।

शुभकामना बोर्डिङ स्कुलको आयोजना तथा मुस्कान डेन्टल होमको सहकार्यमा स्कुलमा दन्त शिविर भएको हो ।

सो शिविरमा स्कुलका बिद्यार्थी, शिक्षकसंगै अविभाबकले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा औषधि निःशुल्क वितरण तथा औषधिपचार गरिएको जनाइएको छ ।

May be an image of 2 people, beard and text

सामाजिक सेवा अन्तर्गत मुस्कान डेन्टल होमले विविध कार्य गर्दै आएको छ । होमले गर्दै आएको शिविरले धेरै मानिस लाभान्वित भएका छन् ।

स्कुलको सहकार्यमा शिविर भएपछि विद्यार्थी, अभिभावक तथा कर्मचारीलाई डेन्टलमा उपचार गर्नुपरेमा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको छ ।

May be an image of 5 people and text

May be an image of 12 people

May be an image of 8 people and text

clock आइतबार २२, पुष २०८० ०६:२४

प्रतिक्रिया