पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

  शनिबार २१, पुष २०८० ०८:५८
पश्चिम सेती निरीक्षणको क्रममा माटो परीक्षणको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् । 

प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उहाँले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिए । 

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ । आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । 

माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरे । पश्चिम सेती जलविद्युत परियोजना लगानी बोर्डबाटसमेत स्वीकृत भई आएकाले सुदूरपश्चिमबासीको सपना चाँडै पूरा हुने परियोजनाका महाप्रबन्धक उपाध्यायले बताए । 

पश्चिमसेतीले रोजगारी सृजनाको गर्नुका साथै यहाँको आर्थिक विकासमा टेवा पुर्याउने उहाँको भनाइ थियो । 

निरीक्षण टोलीमा प्रदेश सभा सदस्य विक्रमसिंह धामी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा। हरिप्रसाद लम्साल, डोटीको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर रहनू भएको थियो । 

clock शनिबार २१, पुष २०८० ०८:५८

प्रतिक्रिया