नेकपा एसले पनि प्रचण्डलाई विश्वासको मत दिने

  आइतबार ०५, चैत २०७९ १६:०६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारले भोलि संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

clock आइतबार ०५, चैत २०७९ १६:०६

प्रतिक्रिया