राईजिङ्ग स्टार बोर्डिङ स्कुलमा डेन्टल शिविर सम्पन्न

  शनिबार १४, पुष २०८० ०६:५६

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित राईजिङ्ग स्टार बोर्डिङ स्कुलमा डेन्टल शिविर भएको छ ।

राईजिङ्ग स्टार बोर्डिङ स्कुलमा डेन्टल आयोजना तथा मुस्कान डेन्टल होमको सहकार्यमा स्कुलमा दन्त शिविर भएको हो ।

सो शिविरमा तीन सय जनाले सेवा लिएको आयोजकले जानकारी दिएको छ । शिविरमा औषधि निःशुल्क वितरण तथा औषधिपचार गरिएको जनाइएको छ ।

सामाजिक सेवा अन्तर्गत डेन्टल होमले विविध कार्य गर्दै आएको छ । होमले गर्दै आएको शिविरले धेरै मानिस लाभान्वित भएका छन् ।

स्कुलको सहकार्यमा शिविर भएपछि विद्यार्थी, अभिभावक तथा कर्मचारीलाई डेन्टलमा उपचार गर्नुपरेमा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको छ ।

No description available.

No description available.

clock शनिबार १४, पुष २०८० ०६:५६

प्रतिक्रिया