वायु प्रदूषणका कारण दिल्लीमा पेट्रोल र डिजेलबाट चल्ने चारपांग्रे साधनमा प्रतिबन्ध

  बुधबार ११, पुष २०८० ०६:१५

दील्ली । बढ्दो वायु प्रदूषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारीसाधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ । 

शनिबारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्युआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिवन्ध लगाइएको बताए । 

संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैर–आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपांग्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

clock बुधबार ११, पुष २०८० ०६:१५

प्रतिक्रिया