भारतको तमिलनाडुमा बाढीका कारण ३५ जनाको मृत्यु

  आइतबार ०८, पुष २०८० ०६:२०

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।

तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताएका छन् ।

करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको  छ  भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ । अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ ।

्प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । बाढी र अविरल वर्षाले ३ हजार ७ सय झुपडी र १ सय ७० स्थायी घरमा क्षति पुगेको छ । डुबानका कारण १ लाख ८३ हजार हेक्टरमा लगाएको बालीमा क्षति पुगेको छ ।

clock आइतबार ०८, पुष २०८० ०६:२०

प्रतिक्रिया