बझाङमा निर्माणाधिन बर्थिङ सेन्टरको भवन घाँस राख्ने गोठ

  शनिबार ०७, पुष २०८० २१:३५

बझाङ । बझाङमा निर्माणाधिन बर्थिङ सेन्टरको भवनलाई एक स्थानीयले घाँस राख्ने गोठ बनाएका छन्। जिल्लाको केदारस्यु गाउपालिका–१ रायलमा रहेको रायल बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन्।

भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन्। केदारस्यु गाउपालिका–१ का कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई वर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो। भवन निमार्ण कार्यले पुर्णता नपाउदा उक्त क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ।

वर्थिङ सेन्टरको निमार्ण कार्य अपुरो भएपछि स्थानिय सरकारले पुर्ण बनाई स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने भएपनि बेवास्ता गरेको स्थानिय समेत रहेका निर्वतमान वडाध्यक्ष लोकेश भण्डारीले बताए। गाँउपालिका अध्यक्ष गणेश बोहराले सामाजिक विकास मन्त्रालय बाट बजेट विनियोन भई आएको र स्वास्थ्य कार्यालय मार्फत भवन निमार्णको काम तत्काल अगाडी बढाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

clock शनिबार ०७, पुष २०८० २१:३५

प्रतिक्रिया