जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोग सम्बन्धि विषेशज्ञ सेवा सुरु

  शनिबार ०७, पुष २०८० ०७:०७

बझाङ । जिल्ला अस्पताल बझाङमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज हुने भएकोे छ । जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोग विषेशज्ञ सेवा पनि सुरु गरीएकोे छ । यो भन्दा पहिला नाक कान घाँटीको नियमित सेवा दिन नसकेको जिल्ला अस्पताल बझाङले अव नियमित सेवा दिने भएको हो ।

नाक कान घाँटी रोग सम्बन्धि सर्जन डा धिरज बिसँख जिल्ला अस्पताल बझाङमा आए लगत्तै जिल्ला अस्पतालमै बिशेषज्ञ सहितको सेवा पाइने भएपछि बिरामीहरुलाई समेत सहज हुने भएको छ ।

जिल्ला अस्पतालमा नया आउनु भएका डा बिसँखलाइ जिल्ला अस्पताल ,स्वास्थ्य कार्यालय बझाङ लगाएतले स्वागत समेत गरेको छ । जिल्ला अस्पतालमा चार जना बिशेषज्ञ डा बाट सेवा दिइने भएको छ । जसमा हाडजोर्नि सम्बन्धि डा इन्द्र शाह , नाक कान घाँटी रोग सम्बन्धि सर्जन डा धिरज बिसँखले सेवा दिदै हुनुहुन्छ भने थप स्त्री रोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ डा केहि दिनमा जिल्लामा पुग्ने जिल्ला अस्पताल परीवारले जनाएको छ ।

जिल्लामा नै बिशेषज्ञ डा आएपछि अब हाडजोर्नि,बालरोग ,स्त्री रोग रनाककान घाटी समबन्धि समस्या भएका बिरामिहरुले उपचारको लागी जिल्ला बाहिर जाने समस्या हटेर जाने अस्पताल से्रातको दाबी छ । अब जिल्ला अस्पतालमा ४ बिशेषज्ञ डा र डेन्टलसर्जन सहित १० मेडिकल अफिसर को टोलिले सेवा दिने भएको छ ।

clock शनिबार ०७, पुष २०८० ०७:०७

प्रतिक्रिया